पूर्वसचिव लोकप्रसाद आचार्यको निधन

पूर्वसचिव लोकप्रसाद आचार्यको निधन

केन्द्रबिन्दु
112
Shares

नेपाल सरकारका पूर्वसचिव लोकप्रसाद आचार्यको निधन भएको छ । विशिष्ठ श्रेणीमा पदोन्नती भई सुदूरपश्चिमको क्षेत्रीय प्रशासक भएपश्चात नै स्वास्थ्यको कारणले राजीनामा दिएर घरमा नै आराम गरिररहेका थिए । साेही क्रममा उनको जेठ ११ गते राति निधन भएको हाे ।

ईलाम जिल्ला जीतपुरमा २०१५ साल माघ ५ गते जन्मिएका आचार्य झापाको मेचीनगर हुँदै जीवनको उत्तरार्धमा काठमाडाैंमा स्थायी बसोबास गर्दै आएका थिए । आचार्यले आफ्नो बेलाका लोकप्रिय, निष्ठावान र अत्यन्त ईमान्दार प्रशासकका रुपमा छवि बनाएका थिए।

आफ्नो प्रशासनिक कार्यकालको अधिकांश समय सञ्चार मन्त्रालयअन्तर्गत पूर्वाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय, विराटनगरको क्षेत्रीय महानिर्देशक, गोश्वारा हुलाक, सुन्धाराको प्रमुख र हुलाक सेवा बिभागको महानिर्देशकको रूपमा बिताएका उनले नेपालको हुलाक सेवाको आधुनिकीकरण गर्न अग्रणी भूमिका निभाएका थिए । उनले कार्यसम्पादन गरेका अन्य कार्यालयहरूमा जिल्ला प्रशासन कार्यालय ईलाम, सुनसरी जिल्लाको स्थानीय बिकास अधिकारी, बाग्लुङ जिल्लाको प्रमुख जिल्ला अधिकारी र राजपत्राङ्कित प्रथम श्रेणी हुँदाका बखत राष्ट्रपतिको कार्यालय कर्मचारी पनि हुन् ।

विभिन्न समयमा विभिन्न सामाजिक कार्यहरू गरेका उनको विशेष रूचि सामाजिक सेवामा पनि थियो । आफ्नै घरमा धेरै पुस्तकहरूको संग्रह गर्न रुचाउने उनका विभिन्न समयमा शिक्षा, देश बिकास र अन्य बिषयका दर्जनौं लेख, रचना र पुस्तकहरू प्रकाशित छन् । उनका तीन छोरी, एक छोरा र श्रीमती छन् ।

Logo