छहरा साहित्य समाज धापासीकाे लघुकथा गोष्ठी सम्पन्न

छहरा साहित्य समाज धापासीकाे लघुकथा गोष्ठी सम्पन्न

केन्द्रबिन्दु
57
Shares

छहरा साहित्य समाज, धापासीले साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा लघुकथा गोष्ठी सम्पन्न गरेको छ ।

शनिबार भएकाे गोष्ठीमा वरिष्ठ आख्यानकार ध्रुव मधिकर्मी कार्यक्रमको प्रमुख अतिथि थिए भने वरिष्ठ आख्यानकार हरिहर खनाल तथा समालोचक प्रा. गङ्गाधर कट्टेल विशेष अतिथि रहेका थिए । सो कार्यक्रममा सर्वश्री हरिहर खनाल, ध्रुव मधिकर्मी, योगेन्द्र तिमिल्सिना, भोला दुलाल, डा. बासुदेव काफ्ले, मञ्जु शर्मा नेपाल, आनन्द पौड्याल, भगवती पौड्याल तथा शाम्भवी वशिष्टले लघुकथा वाचन गरेका थिए । साथै नवीन कार्की, रुपा रिसाल, रमा शर्माले केही लामा र संस्मराणत्मक कथा प्रस्तुत गरेका थिए ।

साहित्यानुरागी स्थानीय व्यक्तित्वहरु समेतको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको उद्घाटन मञ्चमा आसिन अतिथिहरुलाई पुष्पगुच्छा प्रदान गरी गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ध्रुव मधिकर्मीले लघुकथाको विकासक्रमको सन्दर्भ तथा यसका विशेषताहरु माथि प्रकाश पारेका थिए । उनले लघुकथा गोष्ठीका सहभागीहरूका रचनाहरूतर्फ संकेत गर्दै सबैको रचनाकर्म प्रशंसनीय रहेको विचार व्यक्त गरेका थिए ।

त्यस्तै, विशेष अतिथि समालोचक प्रा. गङ्गाधर कट्टेलले लघुकथा वारे समालोचकीय दृष्टिकोण प्रस्तुत गरेका थिए ।

टोखा नगरपालिकाबाट आर्थिक सहयोग प्राप्त सो कार्यक्रममा समाजका कोषाध्यक्ष आनन्द पौड्यालले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन छहरा साहित्य समाज, कार्यसमितिका सदस्य डा. वासुदेव काफ्लेले गरेका थिए । ग्रीनल्याण्ड माध्यमिक विद्यालय, धापासीको सभाकक्षमा आयोजित सो कार्यक्रममा छहरा साहित्य समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले उपस्थित अतिथिहरु सबैलाई धन्यवाद दिई कार्यक्रम समापनको घोषणा गरेका थिए ।

Logo