सफा हिमाल अभियान २०२४ को लागि युनिलिभरकाे सहयोग जारी

सफा हिमाल अभियान २०२४ को लागि युनिलिभरकाे सहयोग जारी

केन्द्रबिन्दु
12
Shares

नेपाली सेनाको अगुवाइमा अन्य सरकारी निकायसँगको सहकार्यमा चैत्र २९ गतेदेखि ज्येष्ठ २३ गतेसम्म सफा हिमाल अभियान–२०२४ सञ्चालन भएको थियो । युनिलिभर नेपाल लिमिटेडले यस अभियानमा संकलन गरिएको फोहोरलाई रिसाइकल गर्नको लागि आधिकारिक फोहोर व्यवस्थापन/रिसाइक्लिङ्ग साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको छ ।

यस वर्षको अभियानमा सगरमाथा, ल्होत्से तथा नुप्त्सेबाट ११ हजार केजी भन्दा बढी फोहोर र १ थान कङ्काल सहित ५ शवको अवशेष सङ्कलन गरिएको छ ।

युनिलिभरले सन् २०२१, २०२२ र २०२३ मा नेपाली सेनालाई प्रत्यक्ष रूपमा सफा हिमाल अभियानमा गर्वका साथ सहयोग गरेको थियो। नेपाली सेनाका अनुसार २०१९ देखि सुरु भएको सफा हिमाल अभियानमा १०८ टनभन्दा बढी फोहोर सङ्कलन भएको छ भने १२ जना मृतकको शवको अवशेष सङ्कलन भएको छ । दिगोपन प्रयासमा सहभागी हुन पाउँदा र वातावरणको दिगोपनका लागि पहलहरूको भाग भएर नेपाललाई सेवा गर्ने अवसर पाउँदा कम्पनी सम्मानित छ।

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, खास गरी यस क्षेत्रमा, र यी हिमालहरूको प्राकृतिक सौन्दर्यको संरक्षणका लागि गरिएका यस्तो अभियानलाई सरोकारवाला तथा अन्य समर्थकहरूले प्रशंसा गरेका छन् । वातावरणको सुधारका लागि दिगोपन र परिवर्तनलाई समर्थन र अभ्यास गरिनुपर्छ भन्ने युनिलिभरको विश्वास रहेको छ।

Skip This
Skip This
Logo