कर्णालीको झोलुंगे पुलमा फसेका दुई खच्चड उद्धार गर्दागर्दै मरे [भिडियाे]

कर्णालीको झोलुंगे पुलमा फसेका दुई खच्चड उद्धार गर्दागर्दै मरे [भिडियाे]

केन्द्रबिन्दु
42
Shares

कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा पुलमै फसेका १३ मध्ये दुई वटा खच्चड मरेका छन्। उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको हो । हालसम्म ८ वटा खच्चडको उद्धार गर्दा एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो ।

अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुङ्गे पुलको एकातर्फको लट्ठा चुँडिदा बिहानैदेखि १३ वटा खच्चड फसेका थिए। भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको लट्ठा चुँडिएको बताइएको छ । खट्टा जालीभित्र पसेपछि खच्चड घाइते भएका थिए । व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । खच्चडको अधिकभारले अर्को लठ्ठा पनि चुँडिने अवस्थामा रहेको बताइएको छ । ती खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय लागेका छन्। अहिले उक्त पुलमा आवतजावत बन्द छ ।

फसेका खच्चडलाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो। नदीमा खसालिएका खच्चडलाई डुंगामार्फत् नदी किनारमा लगिएको छ। केही खच्चडहरूलाई नदीमा खसाल्न जोखिम भएकाले डोरीमा बाँधेर निकाल्ने प्रयास गरिएको छ ।
नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले दाबी गरेका छन् ।

Skip This
Skip This
Logo