तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ पक्राउ

तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ पक्राउ

केन्द्रबिन्दु
210
Shares

काठमाडौं। तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ पक्राउ परेका छन्।

बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा साेमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अध्यक्ष श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा अध्यक्ष श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा. गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल रहेका छन् ।

उनीहरूलाई सीआइबीले धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको हो । यसअघि पनि सीआइबीले कर्जा प्रवाहको विषयमा फागुन १५ गते १० जना बैंक कर्मचारीलाई पक्राउ गरेको थियो। उनीहरु हाजिरी जमानीमा छुटिसकेका छन् ।

Logo