मुख्यसचिव डा. अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

मुख्यसचिव डा. अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

केन्द्रबिन्दु
27
Shares

अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको भन्दै मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको आरोप लगाउँदै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । उक्त प्रकरणमा अर्यालसहित सहसचिव रितेश शाक्य, अर्का सहसचिव टंक पाण्डेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । त्यस्तै उपसचिव गणेशविक्रम शाह र शाखा अधिकृत रविन्द्र पौडेललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

अर्यालसँग सुरक्षण मुद्रण केन्द्रबाट बर्खास्तमा परेका विकल पौडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले जनही रु ३८ करोड ६७ लाख १७ हजार छ सय ४० बिगो माग दाबीसहित मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

Skip This
Skip This
Logo