कृष्ण सिंह धामी
नेपालगन्जमा १९ बर्षीया स्वस्तिका लिम्बूको रहस्यमय मृत्यु भएको छ । आईतबार दिउँसो आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी स्वस्तिकाको मृत्यु रहस्यमय बनेको हो । उनले ६ महिनाअघि नेपालगन्ज भृकुटी चोकका आशिश बुढा क्षेत्रीसँग प्रेम बिवाह गरेकी थिईन् ।
स्वस्तिमा श्रीमान आशिशसँगै नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटि चोकमा बस्दै आएका थिए । आइतबार दिउँसो स्वस्तिकाको शव आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा आईपुग्दा स्वस्तिकाको शव खाटमा सुतेको अवस्थामा भेटिएको थियो ।

बिबिएसमा अध्ययनरत स्वस्तिका नयाँ वर्षको अवसरमा माईत जान नदिएपछि आमालाई फोन गर्दै मलाई ज्वाईले नयाँ वर्षमा माईत आउन नदिएको बताएकी थिईन् । आमासँगको फोनमा ‘माईत जान्छे भनेर ढोकामा रोकिराखेका छन् । म आउन सक्दिन’ भनेका भनेकी थिईन् । त्यसको एक घण्टापछि श्रीमानका मामाले ‘बुहारीले त आत्महत्या गरेकी छ’ भन्दै फोन गरेका थिए । माइती पक्ष घटनास्थल पुग्दा झुन्डिएको अवस्थामा नभई भुईमा लडाईरहेको अवस्थामा स्वस्तिकाको शव फेला परेको थियो ।
मृतक स्वस्तिमाको शरिरमा निल, चोट लाग्नुका साथै अस्वभाविक सुन्निएको छ । उनको हत्या गरेको भन्दै माईतिपक्षले श्रीमानविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जाहेरीको आधारमा प्रहरीले आशिशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । स्वस्तिकाका माइती पक्षले आशिशले नै हत्या गरेको आरोप लगाउँदै जाहेरी दिएको भन्दै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए ।
मृतक स्वस्तिकाले आइतबार मध्यान्ह १२ बजे तिर नयाँ बर्ष मनाउन माईत घर आउन भनेर फोन गरेकी थिईन् । तर श्रीमान आशिशले माइत जान नदिएको स्थानीयको भनाई छ । आफुलाई श्रीमानले माइती जान नदिएको भन्दै खबर गरेकी थिईन् । त्यसको केही समयमै स्वस्तिकाको मोबाईलमा फोन नलागेकोले उनको हत्या भएको माइती पक्षको आरोप छ ।

घटना बैशाख १ गतेको भएपनि २ दिनसम्म आफुहरुलाई खबर नगरेको र तेस्रो ब्यक्तिबाट उनको मृत्यु भएको खबर सुनेकोले आशिशले नै हत्या गरेको माइती पक्षको दावी छ । आशिशले भने स्वस्तिमाले आत्महत्या गरेको दाबी गर्दै आएका छन् । श्रीमान आशिश विगतका समयमा लागुऔषधमा संलग्न रहेको र स्वस्तिमालाई प्रायजसो कुटपिट गरिरहने गरेको स्थानीयहरुको भनाई छ ।
स्वस्तिकाको हत्या भएको हो या आत्महत्या भन्नेबारे पोष्टमार्टमपछि मात्रै पत्ता लाग्ने एसपी पौडेललेको भनाई छ । माईतिपक्षबाट कोही नआएकाले अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन् । आशिश नेकपा सांसद् नन्दलाल रोकायाका नाति हुन् । सोमबार दिउँसो सांसद रोकाया जिल्ला प्रहरी कार्यालयमा पुगेर थुनामा रहेका आशिशलाई भेटेका थिए । हिरासतमा रहेका नाति आशिशलाई भेटेर फर्कँदै गरेका सांसद रोकायालाई पीडित पक्षले भेटेपछि आक्रोशित भएका थिए ।

हत्यारालाई बचाउने प्रयास भईरहेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरुले राजनीतिक पावरको भरमा अपराधीलाई बचाउने प्रयास भएको भन्दै आन्दोलन थालेका हुन् । तर प्रहरीले घटनाबारे सत्यतथ्य छानविन हुने बताएको छ । एसपी पौडेलले भने, ‘कतव्र्य ज्यान मुद्दामा जाहेरी परेको छ । जाहेरीका आधारमा श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेका छौं । प्रहरीमाथि कसैको दबाव आएको छैन् । आएपनि हामी निष्पक्ष छानविन गर्छौ । र पीडित पक्षलाई न्याय दिँछौ ।’
प्रहरीले घटनाको अनुसन्धानमा लापरवाही गरिरहेको, चित्त बुझ्दैन भने काठमाडौं पोस्टमार्टम गर्न लैजाउ भनेर धम्की दिनु, श्रीमानका मामा नेकपा सांसद नन्दलाल बेला बेला प्रहरी कार्यालयमा आउनुले घटना रहस्यमय बनेको स्थानीयको आरोप छ । उनको हत्या नै भएको दाबी गर्दै स्थानीय आन्दोलित बनेका छन् । मृतकको कपडा च्यातिनु, शरिरमा निलडाम देखिनु युवतीको मोवाईल गायब गर्नुले पनि घटना थप रहस्यमय बनेको स्थानीयको भनाई छ ।































प्रतिक्रिया