सुनसरी । बसले किचेर एक बालकको मृत्यु भएको छ । मंगलवार बिहान कोशी गाउँपालीका ८ स्थित हनुमान मन्दिर नजिक सिराहाबाट बिराटनगर आउदै गरेको यात्रुबाहक बसले किचेर पानी बेच्ने १० वर्षीय बालक नुर सलामको मृत्यु भएको हो ।
सप्तरीको भारदहबाट पानी बेचेर भाण्टावारी आउने क्रममा सिराहा–बिराटनगरमा चल्ने ना ६ ख ५९६६ नम्बरको बसले किचेर कोशी गाउँपालीका ८ भाण्टावारी बस्ने युसुफ मियाका १० वर्षीय छोरा नुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसबाट लडेर पछाडिको चक्काले किचेर गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल इनरुवाले मृत घोषणा गरेको हो । ठक्कर दिने बस र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ भने बालकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।





























प्रतिक्रिया