बुटवल–पाल्पा सडकखण्ड आजदेखि रातिको समयमा बन्द

बुटवल–पाल्पा सडकखण्ड आजदेखि रातिको समयमा बन्द

केन्द्रबिन्दु
6
Shares

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा सडक भासिएकाले स्थानीय प्रशासनले सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

उक्त सडक झण्डै ५० मिटर भासिएकाले सम्भावित क्षति हुन नदिन साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म सबैखाले सवारी साधन आवतजावत बन्द गरिएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेका अनुसार आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएकाले उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा स्थानीय प्रशासनसँग अनुमति लिन आग्रह गरिएको छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको कार्य भइरहेको छ ।

Logo