रुकुमपूर्वको सडक अवरुद्धः नेपालगञ्जसहित काठमाडौँ जाने सवारी रोकिए

रुकुमपूर्वको सडक अवरुद्धः नेपालगञ्जसहित काठमाडौँ जाने सवारी रोकिए

केन्द्रबिन्दु
12
Shares

रुकुमपश्चिम । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौँ जाने सवारी साधन रोकिएका रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको उनले बताए । पानी नपरेमा आज दिउँसोसम्ममा सडक सञ्चालन हुनेछ ।

Logo