ट्याक्सीमा टाँसिएका पम्प्लेट च्यात्न थाल्यो ट्राफिक प्रहरी

ट्याक्सीमा टाँसिएका पम्प्लेट च्यात्न थाल्यो ट्राफिक प्रहरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ट्राफिक प्रहरीले ट्याक्सीमा टाँसिएका पम्प्लेट हटाएको छ । ट्याक्सी चालकहरूले करिब दुई महिनायता शान्तिपूर्ण आन्दोलनका रूपमा ट्याक्सी पछाडि आफ्ना माग तथा गुनासाहरू टाँसेका थिए । उनीहरुले यात्रुहरुलाई भावनामा बगाउने खालका पम्पलेटहरु टासेपछि ट्राफिक प्रहरीले हटाएको हो ।

ट्याक्सी चालकहरूले विरोध गरेको भन्दै यातायात विभागको निर्देशनमा ट्राफिक महाशाखाले पम्प्लेट च्यात्न चालेको हो। पम्प्लेट च्यात्न ट्राफिकहरू ट्याक्सीको पछि नै लाग्न थालेका छन् । एक ट्याक्सी चालक श्याम थापाले आफुहरुका माग राखेर ट्याक्सीमा टासिएका पम्पलेटहरु ट्राफिक प्रहरीले जबरजस्ती च्यात्न थालेको बताए ।

यातायात व्यवस्था विभागले चैत ११ गते महानगरीय ट्राफिक प्रहरीलाई चालकहरूले ‘इमोसनल ब्ल्याकमेल गरेर उपभोक्ता झनै ठगेको’ भन्दै त्यस्ता पम्पलेट हटाउन चिठी काटेको थियो । विभागले चिठीपछि ट्राफिक प्रहरीले पम्प्लेट हटाउन थालेको हो।

बेला बेलामा भाडा समायोजन भएपनि सरकारले कामै नगरेको जस्तो सन्देश प्रवाह भएकाले यो कदम चाल्नु परेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

ट्याक्सी चालकहरूले भने जस्तो आफूहरूले स्टिकर नहटाएको महानगरीय ट्राफिक प्रहरी प्रवक्ता जयराज सापकोटाको भनाइ छ। ‘हामीले कारबाही पनि गरेका छैनौं र हटाएका पनि होइनौं। हटाउन आग्रहमात्र गरेका हौं,’ प्रवक्ता सापकोटाले भने।

Skip This
Skip This
Logo