काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी, पूर्वी राप्ती, नारायणी, कन्काई, कमला र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको छ ।
आज गोरखा, लमजुङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर र आसपासका जिल्ला भई बहने अधिकांश साना नदीहरूमा पानीको बहाव बढ्ने र केही साना नदीमा आकस्मिक बहाव हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, काठमाडौँ, भक्तपुर, कास्की, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, दैलेख, कालिकोट, भोजपुर, खोटाङ सोलुखुम्बु, सिन्धुली, धादिङ, डोटी, डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।





























प्रतिक्रिया