भक्तपुरको कपास उद्योगमा बाढी पस्दा सिरक र डस्नासहित १० लाखको क्षति

भक्तपुरको कपास उद्योगमा बाढी पस्दा सिरक र डस्नासहित १० लाखको क्षति

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ पुरानो जगोतस्थित कपास उद्योगमा बाढी पस्दा उद्योगमा रहेको कपास, सिरक र डस्ना डुबेका छन् । गएराति पौने ३ बजेतिर ठाडो खोलामा आएको बाढीले उद्योग डुब्दा करिब १० लाखको क्षति भएको प्रारिम्भक अनुमान गरिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलका अनुसार स्थानीय कसर ओलीले सञ्चालन गरेको कपास उद्योगमा बाढी पसेको हो । बाढीका कारण उद्योगमा रहेको कपास, सिरक र डस्ना डुब्दा करिब १० लाखको क्षति भएको छ ।

Skip This
Skip This
Logo