काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । बाढीजन्य जोखिम, डेंगु र हैजासहितका महामारी व्यवस्थापनका लागि विपद् व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट सेवा प्रदान हुनेगरी यो सेवा सुरु गरिएको हो ।
यसमा विपद् व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन् । जसमा डेंगु र हैजासहितका रोगको उपचारका लागि परामर्श, सेवा शिफारिस र उपचार समन्वय प्रदान हुनेछ ।
विपद्जन्य कुनै पनि समस्या परे ९८५१३५६५०९ मा फोन गर्दा सिधै महानगर प्रहरी बलसँग सम्पर्क हुनेछ । यस्तै हटलाइन निःशुल्क नम्बरहरूमा ११८० र १६६००१०५५११ मा फोन गर्न सकिनेछ । साँझ ६ बजेपछाडि ११८० मा डायल गरेर ९ थिच्नुपर्छ । यो फोन स्वास्थ्यकर्मीले उठाउनेछन् ।





























प्रतिक्रिया