काठमाडौँ । मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरू पक्राउ परेका छन् । चितवनको माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका विद्यार्थीहरू बाहिरका जिल्लाबाट चितवनमा पढ्न आएर बसेका १७, १८ र २१ वर्ष उमेरका रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
ती विद्यार्थीहरूले डेरा लिएर बसेको घरको कोठामा महिलालाई बलात्कार गरेको आरोप छ । आरोपीविरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया