नवलपरासी । नेपाली सेनाका एक जवानको आफैंले चलाएको गोली लागेर मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)काे कावासोती नगरपालिका–७ बाँदर झुलास्थित नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको हाे । आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले जनाएकाे छ ।
हाल घटनाबारे अनुसन्धान भइरहेकाे छ ।





























प्रतिक्रिया