काठमाडौँ । चितवनमा एकजनालाई बाघले आक्रमण गरेको छ । आइतबार बिहान ५ः२० बजेको समयमा चितवनको भरतपुर–१ स्थित नारायणी नदी किनारमा हिँडिरहेका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बिहान हिँडिरहेको अवस्थामा भरतपुर–२ बेलटाडीका श्रेष्ठलाई बाघले आक्रमण गर्दा उनी घाइते भएका छन् । मुख र हातमा चोट लागेका उनलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाएको छ ।
बाघको खोजी तथा नियन्त्रणका लागि जिल्ला वन कार्यालय भरतपुरले एक टोली परिचालन गरेको छ । यसअघि कञ्चनपुरको दोधाराचाँदनीमा बाघले आक्रमण गर्दा एकजना महिलाको ज्यान गएको थियो ।































प्रतिक्रिया