काठमाडौ । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव फेला परेको छ । आइतबार बिहान ८ बजे ललितपुर महानगरपालिका १ को वडा कार्यालय नजिक अन्दाजी ४०-४२ वर्षका पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार शव घोप्टो परेको अवस्थामा भेटिएको छ । प्रहरीले शवको पहिचान खुलाउने प्रयास जारी रहेको र घटनाको अनुसन्धान भइरहेको बताएको छ ।































प्रतिक्रिया