काठमाडौँ । नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गर्ने बाघलाई आइतबार साँझ अबेरमा नियन्त्रणमा लिइएको छ । नारायणगढस्थित मानव बस्ती नजिक नारायणी किनारमा रहेको बाघलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको बाघ अन्दाजी पाँच वर्षको भाले बाघ हो । चितवन राष्ट्रिय निकुञ्जका तीनवटा हात्तीको सहयोगमा बाघलाई घेरा हालेर नियन्त्रणमा लिइएको थियो । बाघलाई डार्ट गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको खोरमा लगेर राखिएको छ ।
बाघले हिजो बिहान भरतपुर महानगरपालिका २ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।































प्रतिक्रिया