काठमाडौँ । ‘एक वृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित देशव्यापी एक करोड वृक्षरोपण अभियानको सुरु भएको छ । जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनीकरण गर्नका लागि सुरु गरिएको यस अभियानको सोमबार वनमन्त्री ऐनबहादुर शाहीले पशुपति क्षेत्रमा वृक्षरोपण गर्दै उद्घाटन गरे ।
काठमाडौँको पाशुपत क्षेत्रअन्तर्गत भण्डारखाल उद्यानमा कायक्रमको उद्घाटन भएसँगै देशभर मेचीदेखि महाकालीसम्म एक साथ वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरिएको हो ।
कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वनमन्त्री शाहीले सरकारले कार्यक्रमलाई अघि बढाउन मद्दत गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सरकार समेत वर्तमान प्राकृतिक विपद्का घटनाप्रति गम्भीर भएको भन्दै वृक्षरोपणले समस्या समाधानमा बहुआयामिक लाभ पुर्याउने शाहीले बताए ।
यस्तै, अभियान सुरु गरेको भगवती मानव कल्याण संगठनले १६ वर्षदेखि नेपालमा भय, भोक र भष्टाचारमुक्त समाज र नशा–मांशाहारमुक्त चरित्रवान् समाज निर्माण गर्ने लक्ष्यअन्तर्गत विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।
संगठनले चलाएको नशामुक्ति अभियानमा हालसम्म ५ हजार परिवारलाई नशामुक्त गरिसकेको संगठनले दाबी गरेको छ । संगठले ‘नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियान’ अन्तर्गत अध्यात्मिक अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।





























प्रतिक्रिया