नुहाउने क्रममा करेन्ट लागेर धनगढीमा २ जनाको मृत्यु

नुहाउने क्रममा करेन्ट लागेर धनगढीमा २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धनगढी । करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका ३ मिलनचौकमा पर्शुराम बानियाको घरमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो।

नुहाउने क्रममा पानी तान्ने मोटरको तारबाट लागेको करेन्टले बानियका ५ बर्षिय छोरा आयुश बानिया र सोही घरमा डेरा गरि बस्दै आएका कैलारी गाउँपालिका कोईलही तालका छक्क चौधरीकी ५ बषीय छोरी अनामिका चौधरीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बानियकाको माया मेट्रो अस्पताल र चौधरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Logo