श्रावणको अन्तिम सोमबार पशुपतिमा थरीथरीका भक्तजन [भिडियाे]

श्रावणको अन्तिम सोमबार पशुपतिमा थरीथरीका भक्तजन [भिडियाे]

केन्द्रबिन्दु
39
Shares

साउनको आज अन्तिम सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ । हजारौं संख्यामा पशुपति पुगेका दर्शनार्थीहरु दर्शन गरी फर्किने क्रम जारी छ । साउन शिवसँग जोडिएको विशेष महिना भएकाले व्रत लिनुका साथै धर्मप्रति आस्था राख्ने जोकोही पनि पशुपतिलगायत शिवालय पुग्न चाहन्छन् । पशुपतिमा पूजा गर्न जानेको संख्या उच्च हुँदा लाइन बसेर भए पनि दर्शन गरी दर्शनार्थी फर्किरहेका छन् । लाइन बसेका भक्तजनहरु पालोको पर्खाइमा छन् ।

धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिना विशेष प्राथमिकता महिलाहरूले बढी दिन्छन् । पशुपति परिसरमा आयोजना भइरहेको कोटिहोम महायज्ञले झनै साउनकाे अन्तिम सोमबारको रौनक थपेको छ । साउन महिनाभर सञ्चालन हुने ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ मासमेत भक्तजनको उल्लेखनीय सहभागिता रहेकाे छ । साउनको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता राखी शिवको मन्दिरमा भक्तजनहरू पुग्ने गर्छन् । यसै अवसरमा आज केन्द्रबिन्दु टोलीले पशुपति परिसरमा भक्तजनहरुसँग साउने सोमबारको महिमा र आस्थाबारे कुराकानी गरेकाे छ ।

हेरौं, एक रिपोर्ट-

Skip This
Skip This
Logo