काठमाडौँ । भारतकै प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौँ आइपुगेका छन् । अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा प्रवचन सुनाउनका लागि गुरु कालिदास बाबा नेपाल आएका हुन् ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पशुपति कोटीहोम सामेल हुन पाउँदा निकै खुसी लागेको बताए । उनले नेपालमा पाँच दिनसम्म रहने पनि जानकारी दिए ।
उनले भने, ‘मलाई यहाँ आउँदा एकदमै खुसी लागेको छ । म यहाँ ४–५ दिन रहने छु ।’ उनलाई सञ्चारकर्मीहरूले हिन्दीमा नै प्रश्न गरेका थिए, तर उनले जवाफ दिँदै भने, ‘म नेपाली हुँ । म नेपालीमा नै बोल्छु ।’
उनलाई श्री १००८ बाबा कालिदास कृष्णानंदन परमहंस जी महाराज धार्मिक नामले बोलाउने गरिन्छ । उनी नेपाली मुलका भारतीय हिन्दु धर्मगुरू हुन् ।































प्रतिक्रिया