नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा कारागार चलान

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा कारागार चलान

केन्द्रबिन्दु
366
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा चलानको आदेश दिएको हो ।

नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नता देखिएको भन्दै बेचन पक्राउ परेका थिए । उक्त प्रकरणमा पक्राउ परेका धापासीका रामशरण केसीले बेचनले मन्त्रिपरिषद्बाट निर्णय गराउनका निम्ति २ करोड मागेको र आफूले चेक पनि दिएको बयानमा भनेका थिए । प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौँमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो ।

Logo