मेयर बालेन र उपमेयर सुनिताको फेक भिडियो बनाउने मेडिकल व्यवसायी पक्राउ

मेयर बालेन र उपमेयर सुनिताको फेक भिडियो बनाउने मेडिकल व्यवसायी पक्राउ

केन्द्रबिन्दु
2.2k
Shares

काठमाडौँ । एआईको प्रयोग गरेर काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलको डिप फेक भिडियो बनाउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराका २२ वर्षीय रमेशबहादुर रावत रहेको प्रहरीले जनाएको छ ।

रावतले एआईको सहयोगमा मेयर शाह तथा उपमेयर डंगोलको चुम्बन गरेको भिडियो सार्वजनिक गरेकाा थिए । सोही आरोपमा ती युवकलाई प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको हो । उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको हो । उनी सिन्धुपाल्चोकका मेडिकल व्यवसायी हुन् ।

सार्वजनिक समारोहमा खिचिएको भिडियोलाई तोडमोड गरेर उक्त एआई भिडियो बनाइएको थियो । त्यसविरुद्ध उपमेयर डंगोलले कारवाहीको माग गर्दै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

Logo