पशुपतिको कोटीहोम घटनाबारे छानबिन गर्न समिति गठन

पशुपतिको कोटीहोम घटनाबारे छानबिन गर्न समिति गठन

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । पशुपतिनाथस्थित कोटीहोमस्थलमा भएको विवाद सम्बन्धमा छानबिन गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । सुरक्षा समितिका सदस्य र कोटीहोम आयोजकका तर्फबाट उपस्थित प्रतिनिधिबीच भएको छलफलमा शुक्रबार साँझ उत्पन्न तनावको घटनालाई टुंगो लगाउन ३ बुँदे सहमति गर्दै समिति बनेको हो ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा गठन गरिएको समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईँ, मानव सेवा फाउन्डेसनका विष्णुकुमार थापा सदस्य छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुपम पौडेल सदस्य सचिव रहेका छन् ।

समितिलाई शुक्रबार राति भएको घटनाबारे स्थलगत अध्ययन र छानबिन गरी सत्यतथ्यसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ । शुक्रबार राति पशुपतिको कोटीहोमस्थलमा कथावाचक विजय कृष्णमूर्तिका समर्थक र प्रहरीबीच विवाद भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

Logo