हुम्लामा जीप दुर्घटना, पाँच जना घाइते

हुम्लामा जीप दुर्घटना, पाँच जना घाइते

केन्द्रबिन्दु
18
Shares

मुगु । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार बोलेरो जीप दुर्घटना भएको छ । बुधबार बिहान ८ बजेको समयमा जीप दुर्घटना हुँदा पाँच जना सख्त घाइते भएका छन् ।

कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खादेखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्लास्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । चालकसहित सात जना सवार रहेको उक्त जीपमा पाँच जना सख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दले बताए ।

सख्त घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तीलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते भएको जानकारी प्राप्त भएको छ । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । यस्तै बाजुरा बुढीनन्दा नगरपालीका–४ घर भएका सावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन् ।

दुर्घटना हुनासाथ मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोली घट्नास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको हो । गौरी सल्लास्थित दुर्घटना भएको बोलेरो जीप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकदेखि एक सय पचास मिटर तल खसेको छ ।

Logo