मुस्ताङमा हिमपहिरो गएको छ । मुस्ताङको थासाङ्ग गाउँपालिकाको कोभाङ् गाउँस्थित बोक्सीखोला बस्तीमा हिमपहिरो गएको हो । माथिबाट खसेको हिमपहिरो बस्तीको माथि खोँचमा अड्किएको छ, जसले बोक्सीखोला पनि थुनिएको छ । हिमपहिरोसहित ठुलो ढुंगाहरु झरेर खोला थुनिएको हो । हाल खोलामा २० प्रतिशत मात्र पानी बगेको छ भने ८० प्रतिशत पानी थुनिएको छ ।
तल खोला बन्द हुँदा के कारणले बन्द भयो भनेर आउँदा माथि हिमपहिरो खसेको स्थानीयले देखेपछि प्रशासनलाई खबर गरेका थिए । धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको हो।
यस्तो अवस्थामा जतिबेला जुनसुकै घटना पनि घट्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यो बस्तीमा ९ वटा घर छन् । हाल तीनवटै सुरक्षा निकायको सहयोगमा स्थानीयबासीलाई सारिसकेको पनि बताइएको छ । पहिरोस्थल जोमसोमबाट झन्डै १७ किलोमिटर पर रहेको छ ।
यसअघि २८ कात्तिक २०७८ सालमा मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको थियो । मानापाथी हिमालबाट ठूलो हिमपहिरो खस्दा भागदौडमा ९ जना घाइते भएका थिए ।
भिडियाेका लागि-
प्रतिक्रिया