हिउँ यात्राको कथा [भिडियाेसहित]

हिउँ यात्राको कथा [भिडियाेसहित]

केन्द्रबिन्दु
15
Shares

मनाङ । विश्वकै चर्चित तथा जोखिमपूर्ण अन्नपूर्ण पदमार्गअन्तर्गतको थोराङ्ला भञ्ज्याङ, पाँच हजार चार सय १६ मिटर उचाईमा अवस्थित छ । यस पदमार्ग विश्वको १०औं स्थानको जोखिमयुक्त पदमार्गको रुपमा परिचित छ ।

जोखिम मोलेरै यात्रा गर्नुपर्ने यस पदमार्गमा विश्वका पर्यटक आकर्षित छन् । हिउँदमा यस मार्ग पार गर्न हिउँ पार गर्नुपर्दछ । यस मार्गमा पहिराको पनि जोखिम उत्तिकै रहन्छ । तर, साहसिक पदयात्रीका लागि यस मार्ग आकर्षणको केन्द्र पनि हो । विदेशी तथा स्वदेशी नागरिक यस मार्गको यात्रा गर्न लालायित भएका पाइन्छन् ।

मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित पर्ने थोराङ्ला भञ्ज्याङ पार गर्न पहिले २१ दिन लाग्थ्यो । तर, अहिले करिब सात दिनमा थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङको मुक्तिनाथ पुग्न सकिन्छ । मनाङबाट भने तीन÷चार दिनमा मुक्तिनाथ पुग्न सकिन्छ । लमजुङको बेसीसहरबाट नै पदयात्रा गरिने भए पनि हाल सडक सञ्जालको पहुँचले यात्राको समय छोटिएको छ ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै पर्यटक मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेका भेटिन्छन् ।

Logo