सिमलतालमा फेरि दुर्घटना: ठोक्किए भारतीय बस र नेपाली ट्रक

सिमलतालमा फेरि दुर्घटना: ठोक्किए भारतीय बस र नेपाली ट्रक

केन्द्रबिन्दु
111
Shares

काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा आज बिहान बस र ट्रक एकआपसमा ठोक्किएका छन् । मुग्लिन प्रहरीका अनुसार भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।

नारायणगढतर्फ गइरहेको एआर ०१–३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिनबाट जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरू सामान्य घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Skip This
Skip This
Logo