काठमाडौँ । डोटीमा जबर्जस्तीकरणी मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । प्रहरीले दिपायल सिलगढी नगरपालिका ७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई १० वर्षपछि आइतबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ३० साउन २०७२ देखि फरार रहेका खड्कालाई दिपायल सिलगढी नगरपालिका ७ सिलगढी–साफे सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो । खड्कालाई जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएको थियो ।





























प्रतिक्रिया