पाँचौं मिस्टर काठमाडौं बनेको ३ दिनमै प्रकाश राईको निधन

पाँचौं मिस्टर काठमाडौं बनेको ३ दिनमै प्रकाश राईको निधन

केन्द्रबिन्दु
1.21k
Shares

काठमाडौं । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ ।

केही दिनअघि विभिन्न ५ तौलसमूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बनेका थिए । तर, बुधबार बिहान ४५ वर्षीय राईलाई असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा निधन भएको हो ।

राई मोरङको बेलबारीका हुन् ।

Logo