छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । साेमबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त शर्माको इजलाशले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

आइतबार काठमाडौंबाट पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक जोशीले पोखराको सूर्यदर्शन सहकारीको करोडौं रकम हिनामिना गरेको आरोप छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले १० दिन म्याद माग गर्दै जोशीलाई अदालत उपस्थित गराएको थियो । तर, प्रहरीले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको हो ।

Skip This
Skip This
Logo