पुण्य गौतममाथि रड प्रहार गर्ने दुई जना पक्राउ

पुण्य गौतममाथि रड प्रहार गर्ने दुई जना पक्राउ

केन्द्रबिन्दु
96
Shares

काठमाडौँ । पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका ८ बेशीगाउँस्थित सडकमा ४६ वर्षीय पुण्य गौतममाथि रड प्रहार गरी घाइते बनाएर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्ने ३० वर्षीय टासी लामा भन्ने सञ्जिव तामाङ र रसुवा घर भई गोकर्णेश्वर नगरपालिका ४ बस्ने ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदान छन् ।

Logo