निर्मलाका बाबु आमाको धर्ना स्थगित, उपचार गर्न काठमाडौं लगियो

निर्मलाका बाबु आमाको धर्ना स्थगित, उपचार गर्न काठमाडौं लगियो

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले धर्ना स्थगित गरेका छन् । छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर कात्तिक २५ गतेदेखि सुरु गर्रिको धर्ना १ सय ५ दिनमा शुक्रबार स्थगित गरेका हुन् ।

छोरीको हत्यारा सार्वजनिक गर्दै कारवाहीको माग गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि धर्ना बस्दैं आएका थिए । लामो समय धर्नामा बस्दा उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि धर्ना स्थगित गरिएको हो ।

निर्मलाका बाबु आमाले ७५ वर्षीया दिलमाया खरेल र ३ वर्षीया आरुशी चन्दको हातबाट जुस खाएर धर्ना स्थगित गरेका हुन् । सरकारले छोरीका बलात्कारी र हत्यारा सार्वजनिक गर्न नसकेको प्रति निर्मलाका आमाबाबुले आपत्ति जनाएका छन् ।

धर्ना स्थगित गर्र्दै निर्मलाका बाबु यज्ञराजले ८ महिना वितिसक्दा पनि छोरीको हत्यारा पत्ता लाग्न सकेको छैन् । हामीले कहिले न्याय पाउने भन्दै सरकारलाई प्रश्न गरे ।

उपचारको लागि काठमाडौं लगियोः


यसअघि समेत यज्ञराजलाई त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गरिएको थियो। उनको औषधि सकिएको र निर्मलाकी कान्छी आमा लक्ष्मीको स्वास्थ्यमा पनि समस्या देखिएपछि उनीहरुले फेरि काठमाडौं लगिएको हो ।

लक्ष्मीलाई टाउँको, छाति दुख्ने र शरीर फुल्नेजस्ता समस्या छन्। निर्मलाकी बाबु यज्ञराज र कान्छी आमा लक्ष्मीलाइृ उपचारको लागि काठमाडौ लगिएको हो ।

उनीहरुले उपचारबाट फर्किएर पुनः न्यायका लागि दबाब दिने बताएका छन्। धर्ना स्थगित गर्नुअघि परिवारले हत्यारा पत्ता लगाउन माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टमार्फत् उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको हत्या भएको शुक्रबार ७ महिना पुगेको छ ।

अहिलेसम्म पनि निर्मला हत्या प्रकरणको अनुसन्धान टुंगोमा पुगेको छैन् । प्रहरीले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान सूक्ष्म रुपले अघि बढाइरहेको बताईरहेको छ । तर अहिलेसम्म कुनै उपलब्धी हात लागेको छैन् ।

Skip This
Skip This
Logo