सञ्चारकर्मी प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की

सञ्चारकर्मी प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । सञ्चारकर्मी प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की आएको छ ।

एपी वान टेलिभिजनबाट प्रशारित रजतपट कार्यक्रम चलाउने उनीमाथि ज्यान मार्ने धम्की आएको हो । हाल विभिन्न विदेशका फरकफरक टेलिफोन नंबरबाट धम्की आएको शुक्रबार एक कार्यक्रममा सुवेदीले नै जानकारी गराएका हुन् ।

उनी अब कानूनी उपचार खोज्ने तयारीमा छन् ।

हुन त सुवेदी बेलाबेलामा विवादमा तानिइरहने पात्र हुन् । कहिले कलाकारसँग अन्तर्वार्ता लिएर त कहिले नेपाली फिल्म क्षेत्रको चर्चा गरेर । आजभोलि पनि नेपाली चलचित्रले ब्याक टु ब्याक हाउसफूलको रेकर्ड ब्रेक गर्दै सुपरहिटको ट्याग पाइरहेका छन् । त्यसमा उनका एकपछि अर्को टिप्पणी पनि आइरहेका छन् । त्यसैबीच २ करोडको सुपारी लिएको भन्दै आफूलाई ज्यान मार्ने धम्की आएको सुवेदीले आफैंले खुलासा गरेका हुन् ।

Skip This
Skip This
Logo