जनकपुरधामबाट २५१ जना अयोध्या तिलकमा जाने

जनकपुरधामबाट २५१ जना अयोध्या तिलकमा जाने

केन्द्रबिन्दु
18
Shares

जनकपुर । विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ ।

विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा आज सम्पन्न बैठकले जनकपुरधामबाट मङ्सिर १ गते बिहान तिलक लिएर प्रस्थान गर्ने र रात्रि विश्राम बाराको गढीमाईमा गर्ने निर्णय गरेको उनले बताए ।

तिलक लिएर जाने समूह २ गते अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दू परिषद्का महासचिव राजेन्द्र सिंह पङ्कजको अगुवाइमा चम्पत रायलाई हस्तातरण गरिने बताइएको छ । विश्व हिन्दू परिषद्को सक्रियतामा विगत वर्ष झै यस वर्ष पनि सामुहिक विवाह हुने छ । छैठौंँ पटक हुन लागेको सामुहिक विवाहमा ५१ जोडी युवायुवतीको सहभागिता रहने छ ।

जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरिका रूपमा विकासका लागि प्रचारप्रसार गरिने बताइएको छ । यसैबीच जनकपुरधाममा मङ्सिर २१ गते हुने विवाहपञ्चमी मेलाको धुमधामका साथ तयारी भइरहेको छ ।

त्यसका लागि मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिर व्यवस्थापन समितिले तयारी गरिरहेको जनाइएको छ ।

Skip This
Skip This
Logo