धनकुटाका भिम लिम्बुमाथि प्रहरीले अत्याधुनिक हतियारको प्रयोग गरेकाे आराेप

धनकुटाका भिम लिम्बुमाथि प्रहरीले अत्याधुनिक हतियारको प्रयोग गरेकाे आराेप

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । भिमबहादुर लिम्बु खिमले आफूलाई लामो समयदेखि निरन्तर नेपाल प्रहरीको केन्द्रीय कार्यालयले अत्याधुनिक हतियार (दिमाग र हृदय)मा प्रयोग गरेकाे आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी लिम्बुले कसको र कुन प्रयोजनको लागि प्रयोग गरेको हो त्यसको जानकारीसमेत माग गरेका छन् । आफूलाई पर्यटन पोर्टर भएको परिचय दिने धनकुटाका स्थायी निवासी लिम्बुले प्रहरी केन्द्रीय कार्यालयबाटै सञ्चालित र नियन्त्रित स्याटेलाईटमार्फत निगरानीसमेत भइरहेको आरोप लगाएका छन् ।

कहाँ, कसरी र कहिलेबाट प्रयोग हुन थालेको भन्ने पत्रकारको प्रश्नमा उनी भन्छन्,‘मलाई हतियार प्रयोग भएको पत्ता लगाउन ७ वर्ष लाग्यो, थाहा पाएपछि प्रहरी हेडक्वाटरमा गएँ अनि डिआईजी साबले समस्या हल हुने आस्वाशन दिए पनि हतियारबाट छुटकारा पाएको छैन ।’

‘मलाई त्यसो गर्नुको कारण पनि नखुलाउने र न्यायको लागि बारम्बार माग राख्दा पनि कसैले सुनुवाई नगरेपछि मिडियामा आउनु पर्यो ।’ लिम्बुले थपे ।

कस्तो हतियार प्रयोग भएको भन्ने जवाफमा उनी ‘स्याटेलाईटबाट दिमाग र हृदयमा प्रहार भईरहेको’ बताउँछन् । जसले गर्दा आफ्नो स्वास्थ्यमा गम्भिर समस्या समेत परिरहेको र ७ वर्षसम्म खाना खान पनि नसेको र मानसिक अवस्थामा पनि असर परेको उनले सुनाए ।

Logo