काठमाडौँ । काठमाडौँको बवरमहलबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा इलामको इलाम नगरपालिका ८ तिल्केनी घर भई हाल काठमाडौँको सोह्रखुट्टे बस्ने २७ वर्षीय सौगात बानिया रहेका छन् ।
ललितपुरको सातदोबाटो सेल्सबेरी अगाडिबाट मोटरसाइकल खरिद गर्ने बहानामा टेष्ट ड्राइभका लागि बाग्मती प्रदेश ०२ ०३७ प ९७३५ नम्बरको कालो रातो रंगको यामाहा एमटी फिफ्टिन मोटरसाइकल लिएर बानिया गत मंसिर १३ गते फरार भएका थिए ।
पर्वतको मोदी गाउँपालिका ५ घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने प्रसित शर्माले उक्त मोटरसाइकल खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा दिएको निवेदनका आधारमा खोजी गर्ने क्रममा सोही मोटरसाइकल चलाइ हिडेको अवस्थामा बबरमहलबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
आवश्यक अनुसन्धानका लागि बानियालाई प्रहरी वृत्त सातदोबाटो पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।































प्रतिक्रिया