जनकपुर बोल्ट्सले एनपीएल जितेकोमा पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आज सार्वजनिक बिदा

जनकपुर बोल्ट्सले एनपीएल जितेकोमा पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आज सार्वजनिक बिदा

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको उपाधि जितेकोमा गाउँपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

पालिकाले सूचना जारी गर्दै आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अत्यावश्यकबाहेक सबैमा स्थानीय बिदा दिइएको जानकारी गराएको छ ।

Logo