मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको निधन, निवासमा अचेत अवस्थामा फेला परेकी थिइन्

मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको निधन, निवासमा अचेत अवस्थामा फेला परेकी थिइन्

केन्द्रबिन्दु
702
Shares

काठमाडौँ । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनी अचेत अवस्थामा फेला परेकी हुन् ।

अचेत अवस्थामा फेला परेकी उनलाई नेपाल मेडिकल कलेज जोरपाटी पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् । उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ का रूपमा सम्मान समेत गरेको थियो ।

Logo