हत्यापछि शवसँग ‘सेल्फी’

हत्यापछि शवसँग ‘सेल्फी’

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्ज । दुई अभियुक्तले एक व्यक्तिको हत्या गरेर शवसँग सेल्फी खिचेको फेला परेको छ । प्रहरीमा भर्ना गराईदिन नसक्नेभएपछि सुर्खेत सिम्ता गाउँपालिका २ का दीपकसिंह ठकुरीको हत्या गरेर दुई अभियुक्तले शवसँग सेल्फी खिचेको पाईएको हो ।

अछामका भरत शाही र बाँकेका मोहन गिरी भन्ने युवराज गिरी (जिरे) ले डेढ लाख रुपैयाँ मागेका थिए । उनले ठकुरीले पैसा दिए । तर उनीहरुको भित्र कोही मान्छे चिनेको थिएनन् ।

उनीहरुले ठकुरी मेडिकलमा फेल हुन्छ र पैसा माग्छ भन्नेमा ढुक्क थिए । त्यसपछि उनीहरुले ठकुरीको हत्या गर्ने योजना बनाए । ठकुरीले डेढ लाख रुपैयाँ बुझाउँदा प्रमाणका लागि भन्दै उनीहरुसँगको फोटो खिचेको थियो । त्यो फोटोले पनि उनीहरुलाई पिरोलेको थियो ।

पुस २७ गते साँझ कोहलपुरको बसपार्कस्थित एक होटलमा ठकुरीलाई बोलाए । त्यहाँ केहीबेर मदिरापन गरेपछि थप मदिरा खोला किनारमा गएर खाने भन्दै निस्किए ।

कोहलपुर–११, नयाँ बसपार्कको पूर्वपट्टीको खुल्ला चौरमा पुगेपछि शाहीले पछाडिबाट ठकुरीको टाउकोमा दाउराले हाने । रन्थनिएका ठकुरी ढले । ढलेपछि गिरीले चक्कुले घाँटी रेटेका थिए ।

ठकुरीको हत्यापछि शव र चक्कु देखिने गरी गिरीले सेल्फी खिचे । प्रहरीले शाहीलाई सुर्खेत र गिरीलाई बर्दियाबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । गिरीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । बर्दियाको मधुवन नगरपालिकाको वडा नं. ३ स्थित आफन्तको घरमा लुकेर बसेको थाहा पाएर पुगेको प्रहरीलाई देखेर भाग्न खोज्दा प्रहरीले घुडामुनी गोली हानेको थियो ।

गिरीको कोहलपुरमा उपचार भइरहेको छ । पक्राउ परेका शाहीको बयानका आधारमा प्रहरी गिरीको खोजीमा थियो । उनी आफन्तको घरमा लुकेर बसेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी आएको सूचना पाएलगत्तै उनी भाग्न खोज्दा प्रहरीले गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको थियो ।

पक्राउ परेका शाहीको प्रारम्भिक बयानमा हत्यापछि शवसँग गिरीले शेल्फी खिचेका थिए । उक्त खिचेको शेल्फीमा नजिकै चक्कु पनि देखिएको छ । तर प्रहरीले अहिलेसम्म उक्त चक्का फेला पार्न सकेको छैन् । उनीहरुले हत्या गरेर घटनास्थल वरपर नै फालेको बनान दिएपछि खोजतलास गर्दा चक्कु फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

Logo