काठमाडौं । अनसनरत डा. गोविन्द केसीसँग नेपाली कांग्रेस नेता गगन थापाले भेट गरेका छन् । शिक्षण अस्पतालमा उपचारारत डा. केसीलाई भेट्न पुगेका थापाले केसीको स्वास्थ अवस्थाबारे जानकारी लिएका हुन् ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ९ दिनदेखि इलाममा अनसनरत डा. केसीलाई बिहीबार सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो । इलाममा हेलिकोप्टर ल्याण्ड गर्न असम्भव भएपछि भद्रपुरबाट उनलाई काठमाडौं ल्याइएको थियो ।
केसीको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम गएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं आउन राजी भएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
सरकारले आफूसँग गरेको सहमति अनुरुप चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै केसी १६ औं अनसनमा बसेका छन् ।





























प्रतिक्रिया