काठमाडौँ । काठमाडौँ उपत्यकासहित आसपासका तराई एवं पूर्वी जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ ।
तिब्बतको डिंगे केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । चीनको तिब्बत क्षेत्रमा करिब १० किलोमिटर (६ माइल) गहिराइमा भूकम्प गएको बताइएको छ ।
आज बिहान करिब छ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकी छ ।






























प्रतिक्रिया