हल्ट प्राइज एट एसएमसी र लियो क्लब अफ काठमाडौँ प्रयासनगरको सहकार्यमा स्वयम्भूमा भोजन वितरण

हल्ट प्राइज एट एसएमसी र लियो क्लब अफ काठमाडौँ प्रयासनगरको सहकार्यमा स्वयम्भूमा भोजन वितरण

केन्द्रबिन्दु
63
Shares

काठमाडौँ । सरस्वती बहुमुखी क्याम्पसको हल्ट प्राइज (हल्ट प्राइज एट एमएमसी)को पहलमा माघ ५ गतेका दिन स्वयम्भूमा संयुक्त सहकार्य गरेर खाना वितरण गरिएको छ । सो कार्यक्रम लियो क्लब अफ काठमाडौँ प्रयासनगरसँगको संयुक्त सहकार्यमा सम्पन्न भएको हो ।

दिगो विकासको लक्ष्य अन्तर्गत नं २ शून्य भोकमरी (जेरो हङगर)लाई मध्यनजर गर्दै यो कार्य गरिएको थियो । जसले गाससँग मीठो हाँसो पनि बाँड्न सहयोग पुगाएको छ ।

कार्यक्रमको उद्देश्य समाजका निम्न वर्गहरू, एकल मानिस र परिवारहरूलाई पौष्टिक खाना वितरण गर्नु थियो । हल्ट प्राइजको आयोजक समूह र लियो क्लबका सदस्यहरू मिलेर खानाका पाकेटहरू वितरण गरेका थिए । खानाको पौष्टिक मात्रालाई हानि नहुने गरी ध्यान दिएर पाकेटहरूलाई सही व्यक्तिसमक्ष पुगाइएको थियो ।

क्याम्पस डिरेक्टर भन्छन्, ‘भोकमरी अहिले विश्वव्यापी रूपमा नै जल्दोबल्दो समस्या भएको छ । यस्ता कार्यक्रमहरू गरेर स्थानीय तहमा सुधार गर्दै हामीले विश्वव्यापी रुपमा सहयोग पुगाउन सक्छौँ । लियो क्लब जस्तै क्लबहरूको सहकार्यले धेरैमाझ पुग्न सघाउँछ र सकारात्मक फरकपन ल्याउन मद्दत गर्छ । यस खाना वितरण कार्यक्रमले महत्त्वपूर्ण तवरले हल्ट प्राइजको मिसनलाई विस्तार गर्न मद्दत गरेको छ । व्याप्त समस्याको समाधान गर्न सामाजिक उद्यमशीलताको विकास गर्न हल्ट प्राइजले प्रोत्साहन गर्छ । युवा नेतृत्वले नै दिगो विकास र समता संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।’

यस्ता कार्यक्रमहरूले तत्कालै राहत प्रदान गर्नुका साथै समुदायस्तरमा पनि भोकमरी र खाद्य सुरक्षामा हुनुपर्ने पहलको सचेतना फैलाउन मद्दत गर्छ । सम्पूर्ण सहयोगीहरू, दाताहरू एवं स्वयमसेवकहरूको अथक प्रयासले नै कार्यक्रम सफल भएको भन्दै आयोजक समितिले आभार व्यक्त गरेको छ ।

Logo