अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्का[फुपूभदैनी]को मृत्यु प्रकरणमा शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ ।
बाख्रा चराउन गएका बेला यही माघ १२ गते ढकारी १ को छिन्नेओडारको जंगलमा शव फेला परेको थियो । शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले ढुंगा प्रहारबाट मृत्यु भएको निष्कर्षमा पुगेको हो।





























प्रतिक्रिया