पाथीभराको केबलकार निर्माण विवादमा काठमाडौंमा पनि आन्दोलन

पाथीभराको केबलकार निर्माण विवादमा काठमाडौंमा पनि आन्दोलन

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई राजधानीमा आन्दोलन सुरु भएको छ ।

निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी आन्दोलनले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित बनिरहँदा अब काठमाडौंमा पनि आन्दोलन थालिएको हो । मुक्कुमलुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले आज मुक्कुमलुङ अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा गृहमन्त्रीको राजीनामा मागिएको थियो।

गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । झडपको क्रममा गोली चलेको थियो । केही गम्भिर घाइते भएर उपचाररत छन् । त्यसपछि उग्र भएको विवादले कोशीका नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुम जिल्लामा यातायात बन्द भएका छन् ।

विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि पनि रहने गरी आइतबार वार्ता समिति गठन गरेको छ । तर, वार्ता हुन सकेको छैन ।

Logo