बस दुर्घटनामा २३ जना घाइते

बस दुर्घटनामा २३ जना घाइते

केन्द्रबिन्दु
30
Shares

भरतपुर (चितवन) । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिए । प्रहरीका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले बताए ।

Skip This
Skip This
Logo