डोटीमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

डोटीमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

केन्द्रबिन्दु
18
Shares

दिपायल (डोटी) । डोटीको केआइसिंह गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

केआइसिंह –३ झिगाबस्तीस्थित बाजी भुलको दुईतले ढुुङ्गामाटोले बनेको घरमा खाना पकाउने क्रममा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आगलागीका कारण १० बोरा अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायत अन्दाजी रु दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । भुलको आठ जनाको परिवारलाई अहिले आफन्तको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक कुलवीर बोहराको संयोजकत्वमा छ प्रहरीसहित स्थानीय परिचालन गरी आगो नियन्त्रण गरिएको प्रहरी नायब उपरीक्षक भट्टराई जानकारी दिए ।

Logo