मःम पसल ग्यास विस्फोटका घाइते मध्य २ जनाको मृत्यु

मःम पसल ग्यास विस्फोटका घाइते मध्य २ जनाको मृत्यु

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । काठमाडौको कमलपोखरीस्थित सान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई कामदारको मृत्यु भएको छ।

उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार रबिन राईको र आज विहान भिमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।

गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए। उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

Logo